SET4NPL अन्तर्गत बिक्री गरिने विद्युतीय मिनी तथा माइक्रोबस (ई.एम.बी) सधैं विशेष सहायता प्याकेजसहित उपलब्ध हुनेछन्।

ई.एम.बी सहायता प्याकेजले डिजेल गाडीबाट विद्युतीय गाडीमा रूपान्तरण गर्न सजिलो बनाउनेछ। यसले सवारीसाधन चार्जिङ, मर्मतसम्भार, ई-टिकेटिङ्ग र फ्लिट व्यवस्थापनका लागि आधुनिक डिजिटल समाधानहरू पनि ल्याउनेछ। SET4NPL को ई.एम.बी सहयोग प्याकेजको डिजाइन 'विद्युतीय मिनी तथा माइक्रो बसहरूको प्रयोगबाट यात्रुहरूका लागि सार्वजनिक यातायातमा सुधार गर्दै एउटा पूर्ण इकोसिस्टम बनाउन के आवश्यक छ?' भन्ने प्रश्नबाट निर्देशित छ। यसले सार्वजनिक यातायात सञ्चालकहरूका लागि ई.एम.बीको सञ्चालन र मर्मतसम्भारलाई सहज बनाउने लक्ष्य राखेको छ।








यो प्याकेजमा SET4NPL का साझेदार बैंकहरूबाट विशेष कर्जा तथा हायर-पर्चेज योजनाहरू र यदि पुरानो डिजेल गाडी स्क्र्याप गरिँदैछ भने लगत कट्टा/स्क्र्यापिङ अनुदान समावेश छ। यसका साथै, नयाँ ई.एम.बीहरूमा इलेक्ट्रोनिक टिकेटिङ्ग मेसिन, एल.ई.डी रुट डिस्प्ले, इमोबिलाइजर र जी.पी.एस उपकरण जस्ता अतिरिक्त सुविधाहरू जडान गरिएको हुनेछ। यी उपकरणहरूले सार्वजनिक यातायात सञ्चालकहरूलाई डिजिटल भुक्तानी, गाडीको लाइभ ट्र्याकिङ र रुटको लागि मोबाइल एपहरू समावेश भएको डिजिटल इकोसिस्टमसँग जोड्नेछन्। SET4NPL ले समर्थन गरेका ई.एम.बी खरिद गर्ने सार्वजनिक यातायात सञ्चालकहरूले आफ्नो आवश्यकता अनुसार आधारभूत मर्मतसम्भार सम्झौता र चार्जरहरू थप गर्न सक्नेछन्।
संक्षेपमा, SET4NPL को ई.एम.बी सहयोग प्याकेजमा निम्न सुविधाहरू समावेश छन्:
यस प्याकेजका प्रत्यक भागहरूका बारेमा थप जानकारी तल पाउन सक्नुहुनेछ।
ई-टिकेटिङ्ग मेसिन प्रत्येक ई.एम.बीको एउटा भाग हुनेछ। यो सर्ट-रेन्ज वायरलेस प्रविधियुक्त मेसिनले क्यूआर स्क्यान गर्न सक्छ, र स्मार्टफोन तथा कन्ट्याक्टलेस कार्डहरूसँग जोडिन सक्छ। सार्वजनिक यातायात एप वा कन्ट्याक्टलेस कार्डको साथमा, ई-टिकेटिङ्ग प्रणालीले डिजिटल टिकट र नगदरहित सार्वजनिक यातायात सेवाहरूमा पहुँच प्रदान गर्दछ।
चार्जिङ स्टेशनहरूको बारेमा थप जानकारी हाम्रो चार्जिङ स्टेशन पृष्ठमा वा SET4NPL का सवारी साझेदार आपूर्तिकर्ताहरूलाई सम्पर्क गरेर पाउन सकिन्छ।
थप जानकारीका लागि, यहाँ जानुहोस्:
ई-टिकेटिङ्ग
जी.पी.एस उपकरण प्रत्येक ई.एम.बीमा जडान गरिएको हुनेछ र यसले गाडीको लाइभ लोकेसनलाई ट्र्याकिङ तथा फ्लिट व्यवस्थापनका लागि उपलब्ध गराउनेछ। जी.पी.एस उपकरणबाट पठाइएको सिग्नलले सार्वजनिक यातायात सञ्चालक र प्रयोगकर्ताहरूका लागि बनाइएको मोबाइल एपमा डाटा पठाउनेछ। एपमा बसको रुट र बसहरू कहाँ छन् भन्ने जानकारी हेर्न सकिनेछ। यसले सार्वजनिक यातायात प्रयोगकर्ताहरूलाई समय व्यवस्थापन र रुटको योजनामा सहयोग पुर्याउनेछ, जसले सबैका लागि यातायात प्रणालीलाई थप सुविधाजनक र पारदर्शी बनाउनेछ।
थप जानकारीका लागि, यहाँ जानुहोस्:
ई-टिकेटिङ्ग
सार्वजनिक यातायात प्रयोगकर्ता

प्रत्येक ई.एम.बीमा पहिले नै जडान गरिएको यो उपकरणले सवारीसाधन चोरीका सन्दर्भमा सार्वजनिक यातायात सञ्चालकहरूका लागि सुरक्षा बढाउनेछ। इमोबिलाइजरलाई टाढैबाट सक्रिय गर्न सकिन्छ, जसले गाडीलाई चल्नबाट रोक्छ र जी.पी.एस ट्र्याकिङको सहायताले ई.एम.बीको स्थान सजिलै पत्ता लगाउन सकिन्छ। अर्कोतर्फ, गाडी इमोबिलाइजरले कर्जा तथा हायर-पर्चेज प्रदायकहरूका लागि पनि अतिरिक्त सुरक्षा प्रदान गर्दछ, जसले सार्वजनिक यातायात सञ्चालकहरूका लागि राम्रो वित्तीय फाइदाहरू ल्याउन सक्छ।
थप जानकारीका लागि, यहाँ जानुहोस्:
सार्वजनिक यातायात सञ्चालक
प्रत्येक ई.एम.बीमा एल.ई.डी. प्यानल पनि सवारीसाधनको अगाडिको विन्डस्क्रिन, साइडमा वा पछाडि पहिले नै जडान गरिएको हुनेछ। एल.ई.डी. प्यानलमार्फत बसको रुट वा गन्तव्य देखाइनेछ, जसले सार्वजनिक यातायात प्रयोगकर्ताहरूलाई सही बस पहिचान गर्न सजिलो बनाउँछ। प्रदर्शित जानकारी सार्वजनिक यातायात सञ्चालकहरूका लागि बनाइएको एपबाट परिवर्तन गर्न सकिन्छ।
मर्मतसम्भार सम्झौतालाई प्रत्येक ई.एम.बी मोडेलको लागि छुट्टाछुट्टै तयार पारिनेछ र यसले गाडीको उचित कार्यक्षमता सुनिश्चित गर्न वारेन्टीअन्तर्गतको ब्याट्री प्रतिस्थापन (वारेन्टी सर्तहरू पूरा नगर्ने ब्याट्री) लाई समेट्नेछ।
सवारीसाधन विक्रेताहरूले (आफैं वा आफ्नो फ्रान्चाइजमार्फत) आधारभूत मर्मतसम्भार सम्झौता प्रदान गर्नेछन्। मर्मतसम्भार सम्झौताको बारेमा थप जानकारीका लागि, कृपया SET4NPL का साझेदार सवारीसाधन विक्रेताहरू मध्ये एकसँग सम्पर्क गर्नुहोस्।
SET4NPL ले सवारीसाधनका विभिन्न आवश्यकता र विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूको मागलाई सहज रूपमा पूरा गर्न सन् २०२४ मा सार्वजनिक बोलपत्रमार्फत छनोट गरिएका विभिन्न चार्जिङ स्टेसनहरूका माध्यमबाट विद्युतीय सवारीसाधन (EV) क्षेत्रलाई सहयोग गर्नेछ। ‘स्लो चार्जर’ (7kW) घरमा चार्ज गर्नका लागि उपयुक्त हुन्छ (जस्तै, रातभरि) भने ‘मिडियम चार्जर’ (20kW वा 22kW) ले विद्युतीय सवारीसाधनलाई करिब २ देखि ४ घण्टामा* चार्ज गर्न सक्छ। यात्राका क्रममा, चार्जिङका लागि ‘फास्ट चार्जर’ (60-120kW) सबैभन्दा राम्रो विकल्प हो, जसले विद्युतीय सवारीसाधनलाई करिब ३० मिनेटमा* चार्ज गर्छ। फास्ट चार्जरले एकै समयमा दुई वटा सवारीसाधन पनि चार्ज गर्न सक्छ। SET4NPL द्वारा समर्थित सबै चार्जिङ स्टेसनहरूलाई CCS2/Type 2 वा GB/T मापदण्ड पूरा गर्ने चार्जरहरूसहित खरिद गर्न सकिन्छ।
*ब्याट्रीको आकार र चार्जको अवस्थामा निर्भर गर्दछ
यहाँ जानुहोस्:
चार्जिङ स्टेसनहरू

मिडियम वा फास्ट चार्जरका लागि नेपाल विद्युत् प्राधिकरणबाट थ्री फेज विद्युत् जडानका लागि आवेदन दिनुपर्ने आवश्यकता पर्न सक्छ।
नेपाल विद्युत् प्राधिकरणको आवेदन लिङ्क यहाँ पाउन सकिन्छ:
https://crm.nea.org.np/new-connection