नेपाललाई दिगो भविष्यतर्फ डोर्याउँदै
हामी नेपालको सार्वजनिक यातायात क्षेत्रको विद्युतीकरण र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्छौं। यसले गर्दा नेपालको सार्वजनिक यातायातबाट हुने कार्बन उत्सर्जन घट्नेछ र यात्रु तथा यातायात सञ्चालक दुवैका लागि यातायात अझ सहज बन्नेछ।

परियोजनाको बारेमा
सस्टेनेबल ईलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाले ३,५०० विद्युतीय सार्वजनिक मिनीबस र माइक्रोबसहरूका लागि सहयोग प्याकेजहरू ल्याएर सार्वजनिक यातायातलाई दिगो, सुविधाजनक र डिजिटल बनाउने लक्ष्य राखेको छ। SET4NPL को कार्यसंरचनाअन्तर्गत, सार्वजनिक यातायात सञ्चालकहरूले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सहयोग पुग्ने लाभदायक संयन्त्रहरूमा पहुँच पाउनेछन्। SET4NPL ले सबैका लागि सार्वजनिक यातायातलाई अझ सुविधाजनक बनाउन मोबाइल एप्लिकेशन र डिजिटल टिकेटिङ्ग लगायतका विभिन्न डिजिटल प्रणालीहरू पनि ल्याउँदैछ।
विद्युतीय यातायातको सम्भावनालाई समग्र रूपमा सुधार गर्न, यो परियोजनाले नेपालका सार्वजनिक फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल विस्तारका साथै चार्जिङ स्टेसन सञ्चालक र विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूका लागि आधुनिक व्यवस्थापन र भुक्तानी समाधानहरूलाई पनि सहयोग गर्दछ।
SET4NPL का प्रवर्धनहरू
जानी राखौँ
हाम्रो बारेमा
SET4NPL परियोजनालाई मिटिगेसन एक्सन फ्यासिलिटीले आर्थिक सहयोग गरेको हो। यो परियोजनालाई नेपालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MoPIT) र अन्य साझेदारहरूसँगको नजिकको सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था - जीआईजेड (Gesellschaft für Internationale Zusammenarbeit - GIZ) र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI) ले संयुक्त रूपमा कार्यान्वयन गरिरहेका छन्।


