Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo

SET4NPL परियोजनाको बारेमा

सस्टेनेबल ईलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) ले ३,५०० वटा विद्युतीय सार्वजनिक मिनी तथा माइक्रोबसका लागि सहयोग प्याकेजहरू ल्याएर सार्वजनिक यातायातलाई दिगो, सुविधाजनक र डिजिटल बनाउने लक्ष्य राखेको छ। SET4NPLको कार्यसंरचनाअन्तर्गत, सार्वजनिक यातायात सञ्चालकहरूले विद्युतीय यातायात विस्तारमा रूपान्तरण गर्नका लागि लाभदायक सहयोग संयन्त्रहरूमा पहुँच पाउँछन्। सबैका लागि सार्वजनिक यातायातलाई अझ सुविधाजनक बनाउनका लागि, SET4NPL ले मोबाइल एप्लिकेसन र डिजिटल टिकेटिङ्ग सहित विभिन्न डिजिटल समाधानहरू प्रस्तुत गर्दैछ।

SET4NPL परियोजनाले विद्युतीय यातायातको सम्भावनालाई समग्र रूपमा सुधार गर्न नेपालको सार्वजनिक फास्ट चार्जिङ स्टेसनको नेटवर्क विस्तार गर्ने कामलाई सहयोग गरिरहेको छ। यसका साथै, यसले चार्जिङ स्टेसन सञ्चालकहरू र विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरू दुवैका लागि आधुनिक व्यवस्थापन र भुक्तानी समाधानहरू पनि प्रदान गर्दछ।

SET4NPL परियोजनालाई मिटिगेशन एक्सन फेसिलिटीले वित्तिय सहयोग गरेको छ। काठमाडौंमा कार्यालय भएका जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था - जीआईजेड (Gesellschaft für Internationale Zusammenarbeit - GIZ) र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (Global Green Growth Institute - GGGI) नेपालमा यो परियोजनालाई संयुक्त रूपमा कार्यान्वयन गरिरहेका छन्। यसका लागि यी संस्थाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MoPIT) र अन्य सरकारी तथा क्षेत्रका साझेदारहरूसँग नजिक रहेर सहकार्य गरिरहेका छन्।

mafHeader

द मिटिगेशन एक्सन फेसिलिटी

द मिटिगेशन एक्सन फेसिलिटी - एक चुस्त, अनुदानमा आधारित बहु-दाता कोष - ले क्षेत्रगत कार्बन उत्सर्जन न्यूनीकरणलाई अगाडि बढाउँछ।

नामा फेसिलिटीबाट २०२३ मा विकसित भएको, द मिटिगेशन एक्सन फेसिलिटी अर्थतन्त्र र समाजका प्रमुख क्षेत्रहरूको कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यका साथ महत्वाकांक्षी न्यूनीकरण परियोजनाहरूका लागि प्राविधिक सहयोग र जलवायु वित्त उपलब्ध गराउने एक प्रमुख मञ्च हो।

यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्नका लागि महत्त्वपूर्ण मानिने राष्ट्रिय निर्धारित योगदान (NDC) र दीर्घकालीन रणनीतिहरूलाई कार्यान्वयन गर्न महत्वाकांक्षी जलवायु परिवर्तन न्यूनीकरण परियोजनाहरूलाई निरन्तर आर्थिक सहयोग प्रदान गरिरहेको छ। यो सुविधा मुख्य रूपमा तीन प्राथमिकताका क्षेत्रहरू; ऊर्जा, यातायात र उद्योगमा केन्द्रित छ, तर यी प्राथमिकताका क्षेत्रहरूमध्ये कुनै एकसँग जोडिएका अन्तर-क्षेत्रीय परियोजनाहरूका लागि पनि खुला रहन्छ। आईपीसीसीको छैटौं मूल्याङ्कन प्रतिवेदनमा हाइलाइट गरिएअनुसार, ऊर्जा, यातायात र उद्योगले संयुक्त रूपमा वार्षिक विश्वव्यापी हरितगृह ग्यास (GHG) उत्सर्जनको ४० गिगाटन कार्बन दाइअक्साइड समान भन्दा बढी, वा ६७% हिस्सा ओगट्छन् (सन् २०२१ अनुसार)। लक्षित क्षेत्रलाई कार्बन-तटस्थ विकास मार्गमा सार्नका लागि, द मिटिगेशन एक्सन फेसिलिटीले क्षेत्र-व्यापी रूपान्तरणकारी परिवर्तनलाई उत्प्रेरित गर्न सक्ने नवीनतम् परियोजनाहरू छनोट गर्छ।

Federal Ministry For Economic Affairs And Climate Action Logo
IKI Logo
UK Logo
UK Logo
Crown Logo
European Commission Logo
Children's investment fund foundation Logo
mopitHeader

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल सरकारको एउटा सङ्घीय मन्त्रालय हो, जसको स्थापना देशका प्रमुख भौतिक पूर्वाधार, राष्ट्रिय यातायात, र सडक सुरक्षाको विकास गर्ने उद्देश्यले भएको हो। यस मन्त्रालयले राष्ट्रिय यातायात सञ्जालमार्फत देशका विभिन्न भौगोलिक क्षेत्रहरूलाई जोडेर समग्र देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण जिम्मेवारी लिएको छ।

gizHeader

जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था - जीआईजेड (GIZ)

जीआईजेड (GIZ), विश्वभर दिगो विकास र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्ने एक सेवा प्रदायकको रूपमा बाँच्न लायक भविष्यको आकार दिन समर्पित छ। जीआईजेड (GIZ) सँग आर्थिक विकास र रोजगार प्रवर्द्धन, ऊर्जा र वातावरण, तथा शान्ति र सुरक्षा सहित विभिन्न क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभव छ। एक संघीय उद्यमको रूपमा, जीआईजेडको विविध विशेषज्ञताको माग जर्मन सरकार, युरोपेली संघका संस्थाहरू, संयुक्त राष्ट्र संघ, निजी क्षेत्र, र अन्य देशका सरकारहरूलगायत विश्वभरि छ। जीआईजेडले व्यवसायहरू, नागरिक समाजका सरोकारवालाहरू र अनुसन्धान संस्थाहरूसँग काम गर्छ, जसले विकास नीति र अन्य नीतिगत क्षेत्रहरू तथा गतिविधिहरूको बीचमा सफल अन्तरक्रियालाई बढावा दिन्छ। जीआईजेडको मुख्य आयोग पार्टी जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) हो।

gggiHeader

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI)

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI) को स्थापना सन् २०१२ मा संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा एक सन्धि-आधारित, अन्तर्राष्ट्रिय, अन्तर-सरकारी संस्थाको रूपमा भएको थियो।

GGGI को दृष्टिकोण बलियो, समावेशी, र दिगो विकास भएको कम-कार्बनयुक्त तथा जलवायु अनुकूलित विश्वको निर्माण गर्नु हो। GGGI ले आफ्ना सदस्य राष्ट्रहरूलाई हरित विकासको मोडलमा आफ्ना अर्थतन्त्रहरूलाई रूपान्तरण गर्न सहयोग गर्छ, जसले एकैसाथ गरिबी निवारण, सामाजिक समावेशिता, वातावरणीय दिगोपना, र आर्थिक विकास हासिल गर्छ। GGGI को कामले आफ्ना सदस्यहरूलाई दिगो विकास लक्ष्यहरू र पेरिस सम्झौताका राष्ट्रिय निर्धारित योगदानहरू (NDC) पूरा गर्नका लागि गरिने प्रयासहरूमा योगदान पुर्‍याउँछ। GGGI ले नवीनतम् हरित वृद्धि समाधानहरू, परियोजना वित्तपोषण र लगानी विकास गर्न र सिकेका ज्ञान र पाठहरू साझा गर्न सरोकारवालाहरूसँग साझेदारी गर्दछ।

© २०२५ SET4NPL. सर्वाधिकार सुरक्षित।
Set4Npl | Driving Sustainable Transportation with EV in Nepal