Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo

विद्युतीय मिनी तथा माइक्रोबस

नेपालमा विद्युतीय मिनी तथा माइक्रोबस (ई.एम.बी) लाई प्रवर्द्धन गर्न SET4NPL ले ई.एम.बी सहयोग प्याकेजहरू प्रदान गर्दछ। SET4NPL को न्यूनतम प्राविधिक मापदण्डहरू पूरा गरेका तथा बोलपत्र प्रक्रियाबाट छानिएका विशिस्ट मोडेलहरूले मात्र यस सहयोग प्याकेजहरू उपयोग गर्न पाउने छन्।

electric-buses

SET4NPL को कार्यसंरचनाअन्तर्गत ई.एम.बी खरिद गर्दा सार्वजनिक यातायात सञ्चालकहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:

  • SET4NPL का साझेदार बैंक वा साझेदार हायर-पर्चेज कम्पनीहरूबाट विशेष कर्जा/हायर-पर्चेज योजनाहरू
  • यदि पुराना डिजेल मिनी तथा माइक्रो-बसहरू स्क्र्याप गरिन्छ भने स्क्र्यापिङ अनुदान 
  • चार्जिङ स्टेसन र ई-टिकट प्रणालीका लागि डिजिटल इकोसिस्टम तथा मोबाइल एप्लिकेशन
  • प्रत्येक ई.एम.बीमा ई-टिकेटिङ्ग मेसिन, एल.ई.डी रुट डिस्प्ले, जी.पी.एस र इमोबिलाइजर लगायतका सामग्रीहरू पहिले नै जडान गरिनेछ 
  • आपतकालीन वा स्लो चार्जर तथा नेपाल विद्युत् प्राधिकरण (NEA) सँग विद्युत् जडानमा सहयोग (चाहिएमा)
  • आधारभूत मर्मतसम्भार सम्झौता 

कुन-कुन ई.एम.बीहरू योग्य छन्?

परियोजनाको उद्देश्यअनुसार, SET4NPL का अनुदानका लागि विद्युतीय मिनी र माइक्रो बसहरू (EMB) मात्र योग्य छन्। सन् २०२४ मा भएको SET4NPL सूचीकृत बोलपत्रमार्फत ६ वटा सवारीसाधन विक्रेताहरूका ई.एम.बी मोडलहरू छनोट गरिएका छन्। यी मोडेलहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा परियोजनाको प्राविधिक समितिद्वारा तोकिएका न्यूनतम प्राविधिक मापदण्डहरूपूरा गर्छन्। यी प्राविधिक मापदण्डहरूमा सवारीसाधन र ब्याट्रीको कार्यक्षमता, प्राविधिक उपकरण र वारेन्टी सर्तहरू जस्ता महत्त्वपूर्ण विशेषताहरू समावेश छन्।

हाम्रा मोडेलहरू तुलना गर्नुहोस्

0

द्रष्टव्यई.एम.बी मोडेलहरूको बारेमा थप जानकारीका लागि कृपया सम्बन्धित सवारीसाधन विक्रेतासँग सम्पर्क गर्नुहोस्।

जान्नै पर्ने कुराहरू

सार्वजनिक यातायात सञ्चालकहरूका लागि

Default alternative text
हाम्रा प्रवर्धन

ई.एम.बी सहायता प्याकेज

© २०२५ SET4NPL. सर्वाधिकार सुरक्षित।