Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo

चार्जिङ स्टेसन

electric-buses

SET4NPL परियोजनाले विद्युतीय सवारीसाधन क्षेत्रलाई सहयोग गर्न राष्ट्रियस्तरमा चार्जिङ स्टेसनका पूर्वाधारमा सुधार गर्ने कार्य गरिरहेको छ। विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूको विभिन्न आवश्यकता र मागलाई ध्यानमा राखेर तीन प्रकारका चार्जिङ स्टेसनहरू उपलब्ध गराइनेछन्: 

  • 'स्लो चार्जर' (७ किलोवाट) जुन घरमा चार्ज गर्नका लागि उपयुक्त छ; 
  • 'मिडियम चार्जर' (२० किलोवाट वा २२ किलोवाट) जुन लामो समयका लागि चार्ज गर्न उपयुक्त हुन्छ; 
  • र 'फास्ट चार्जर' (६० किलोवाट र १२० किलोवाटसम्म) जसले एउटा विद्युतीय सवारीसाधनलाई करिब ३० मिनेटमा चार्ज गर्न सक्छ (यो ब्याट्रीको आकार र चार्जको अवस्थामा निर्भर गर्दछ) र यसलाई एकैपटक दुईवटा सवारीसाधन चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ।

SET4NPL ले विद्युतीय यातायातका लागि अवस्था सुधार्न मापदण्ड र नियमनहरूका साथै देशभरि सार्वजनिक चार्जिङ स्टेसनहरू स्थापना गर्न सहयोग गरिरहेको छ। सार्वजनिक चार्जिङ स्टेसनहरू सबै विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य हुनेछन्। जसलाई सार्वजनिक चार्जरहरू स्थापना गर्न रुचि छ, उहाँहरूले SET4NPL को कार्यसंरचनाअन्तर्गत व्यवसायहरूका लागि उपलब्ध विकल्पहरू हेर्न सक्नुहुन्छ।

हरेक ई.एम.बीसँग आपतकालीन चार्जर उपलब्ध गराइनेछ। यदि आपतकालीन चार्जर उपलब्ध गराइएन भने, ई.एम.बी विक्रेताले अन्य एक्सेसरीज विक्रेताबाट खरिद गरेको स्लो चार्जर प्रदान गर्नुपर्नेछ। विद्युतीय मिनी तथा माइक्रोबस खरिद गर्दा, सार्वजनिक यातायात सञ्चालकहरूले आफ्नो नयाँ सवारीसाधन घर वा डिपोमा चार्ज गर्नका लागि सुचिकृत चार्जिङ स्टेशनहरू बोलपत्रमा प्रस्ताव गरिएको मूल्यमा वैकल्पिक रूपमा खरिद गर्न पनि सक्छन्। विद्युतीय मिनीबसहरूका लागि, सहयोग प्याकेजमा ७ किलोवाटको चार्जर समावेश गरिनेछ, तर सार्वजनिक यातायात सञ्चालकहरूले मिडियम वा फास्ट चार्जरमा अपग्रेड गर्न पनि सक्छन्। SET4NPL द्वारा समर्थित सबै चार्जिङ स्टेसनहरू CCS2/Type 2 वा GB/T मापदण्ड पूरा गर्ने चार्जिङ गनसहित उपलब्ध छन्।

यात्री डिजाइन स्टुडियो प्रा. लि. खुला बोलपत्र प्रक्रियाबाट SET4NPL को साझेदारको रूपमा चार्जिङ स्टेसन आपूर्ति गर्न र डिजिटल, प्रयोगकर्ता-मैत्री चार्जिङ स्टेसन इकोसिस्टम विकास गर्नका लागि छानिएको छ। चार्जिङ स्टेसनहरूको बारेमा थप जानकारी यात्री डिजाइन स्टुडियो प्रा. लि. बाट प्राप्त गर्न सकिन्छ।

हाम्रा मोडेलहरू तुलना गर्नुहोस्

0

थप जानकारी

चार्जिङ स्टेसनहरूमा उपलब्ध दुई फरक मापदण्डहरू:

CCS2 (for DC) / Type 2 (for AC)

image

GB/T

image

SET4NPL परियोजना अन्तर्गत उपलब्ध सबै चार्जिङ स्टेसनहरू मोबाइल एपसँग जोडिएका छन्। यसका आधारभूत कार्यहरूमा स्थान र उपयोगितासम्बन्धी जानकारी प्राप्त गर्ने सुविधा समावेश छ। यदि मोबाइल एप इन्स्टल गरिएको छ भने मिडियम र फास्ट चार्जरहरूले विद्युतीय सवारीसाधन प्रयोगकर्ताको स्मार्टफोनमा सिधै चार्जिङ प्रक्रियाको बारेमा प्रत्यक्ष जानकारी पनि प्रदान गर्छ।

image
image
जान्नै पर्ने कुराहरू

सार्वजनिक यातायात सञ्चालकहरूका लागि

जान्नै पर्ने कुराहरू

अन्य व्यवसायहरूका लागि

जान्नै पर्ने कुराहरू

विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूका लागि

Default alternative text
हाम्रा प्रवर्धन

ई.एम.बी सहायता प्याकेज

© २०२५ SET4NPL. सर्वाधिकार सुरक्षित।