Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo
Things To Know For

सार्वजनिक यातायात सञ्चालकहरू

hero image

सार्वजनिक यातायात सञ्चालकहरूका लागि SET4NPL का सहयोग संयन्त्रहरू

SET4NPL परियोजनाले आफ्ना पुराना डिजेल बसको लगत कट्टा प्रमाणपत्र पेश गरेर परियोजनाको कार्यसंरचनाअन्तर्गत नयाँ विद्युतीय मिनी वा माइक्रोबस किन्ने सार्वजनिक यातायात सञ्चालकहरूलाई लगत कट्टा/स्क्र्यापिङ अनुदान प्रदान गर्छ। यसका साथै, सार्वजनिक यातायात सञ्चालकहरूले SET4NPL का साझेदार बैंक र हायर-पर्चेज कम्पनीहरूबाट विशेष कर्जा वा हायर-पर्चेज योजनाहरूमा पनि पहुँच पाउनेछन्।

परियोजनाले नयाँ ई.एम.बीहरूका लागि अनुदान सहयोग पनि प्रदान गर्नेछ, जुन वित्तिय उपकरण, बस मोडेल र सिट संख्यामा निर्भर गर्दछ। यसका साथै, हरेक ई.एम.बीमा डिजिटल कनेक्टिभिटीका लागि निःशुल्क, पहिले नै जडान गरिएका सामग्रीहरू लगायतका थप फाइदाहरू पनि छन्। यसमा मर्मतसम्भार सम्झौता र विद्युतीय सवारीसाधन चार्जरहरू जस्ता वैकल्पिक सुविधाहरू पनि समावेश छन्।

Table of content

  • SET4NPL लगत कट्टा अनुदान
  • कर्जा वा हायर-पर्चेज उत्पादनहरू
  • SET4NPL बाट सहयोग प्राप्त गर्न को-को योग्य छन्?
  • सार्वजनिक यातायात प्रयोगकर्ताहरूका लागि SET4NPL को सहयोग योजनामा पहुँच गर्ने प्रक्रियागत पुस्तिका
  • सार्वजनिक यातायात सञ्चालकहरूले कसलाई सम्पर्क गर्ने?

SET4NPL लगत कट्टा अनुदान

SET4NPL ले धेरै सिट क्षमता भएका सवारीसाधनहरूलाई प्रवर्द्धन गर्नका साथै पुराना डिजेल बसहरूलाई उचित तरिकाले विसर्जन र प्रतिस्थापन गर्न प्रोत्साहन गर्दछ। यही कुरा लगत कट्टा प्रोत्साहनको संरचनामा पनि प्रतिबिम्बित भएको छ।

प्रोत्साहनहरू:

  • यदि सार्वजनिक यातायात सञ्चालक (PTO) ले पुरानो डिजेल मिनी तथा माइक्रोबस लगत कट्टा गरेको आधिकारिक प्रमाणपत्र पेस गर्न सकेमा।
  • नयाँ ई.एम.बीको खरिद पुष्टिको आधारमा सिट संख्या अनुसार।

थप विवरणका लागि, कृपया SET4NPL का कुनै एक साझेदार सवारीसाधन विक्रेतासँग सम्पर्क गर्नुहोस्।


कर्जा वा हायर-पर्चेज उत्पादनहरू

SET4NPL ले आफ्ना साझेदार बैंक र हायर-पर्चेज कम्पनीहरूसँग मिलेर काम गरिरहेको छ। यी संस्थाहरूले SET4NPL को कार्यसंरचनाअन्तर्गत विद्युतीय मिनी तथा माइक्रोबस खरिद गर्न चाहने सार्वजनिक यातायात सञ्चालकहरूका लागि विशेष कर्जा वा हायर-पर्चेज योजनाहरू प्रदान गर्छन्।

कर्जा वा हायर-पर्चेज सम्बन्धी थप जानकारीका लागि, कृपया SET4NPL का साझेदार बैंक वा हायर-पर्चेज कम्पनीहरूसँग सम्पर्क गर्नुहोस्।

हाम्रा सबै साझेदारहरू यहाँ हेर्नुहोस्।


SET4NPL बाट सहयोग प्राप्त गर्न को-को योग्य छन्?

SET4NPL का सहयोग संयन्त्रहरूबाट विद्युतीय मिनी तथा माइक्रोबसका लागि सहयोग प्राप्त गर्न निम्न मापदण्डहरू पूरा गर्नुपर्छ:

  • आवेदकहरू नेपालमा दर्ता भएका सार्वजनिक यातायात सञ्चालकहरू हुनुपर्छ (रुट इजाजतपत्र आवश्यक)।
  • SET4NPL ले सुचिकृत सवारीसाधनहरूलाई मात्र सहयोग गर्दछ।
  • सवारीसाधनको खरिद हाम्रा साझेदार विक्रेताहरूमार्फत मात्र गर्न सकिनेछ।
  • प्रत्येक ई.एम.बी ई.एम.बी प्याकेजसहित खरिद गरिएको हुनुपर्छ।
  • यदि सार्वजनिक यातायात सञ्चालकले पुरानो डिजेल मिनी तथा माइक्रोबस लगत कट्टा गरेको प्रमाणपत्र पेस गरेमा मात्र लगत कट्टा अनुदान (scrapping subsidy) प्रदान गरिनेछ।

सार्वजनिक यातायात प्रयोगकर्ताहरूका लागि SET4NPL को सहयोग योजनामा पहुँच गर्ने प्रक्रियागत पुस्तिका

SET4NPL अन्तर्गत उपलब्ध सवारीसाधनबारे जानकारी लिनुहोस्

SET4NPL को सहयोग योजनामा सहभागी हुनका लागि, तपाईंले परियोजनाले तोकेका विद्युतीय मिनी तथा माइक्रोबस (ईएमबी) मोडेलहरूमध्ये कुनै एक छान्नुपर्छ। थप जानकारी यहाँ पाउन सकिन्छ: विद्युतीय मिनी तथा माइक्रोबस

SET4NPL को EMB सहयोग प्याकेजबारे बुझ्नुहोस्

यो प्याकेजमा गाडीको खरिदमा सहयोगका साथै डिजिटल उपकरणहरू पनि समावेश छन्। यसले तपाईंको व्यवसायलाई आधुनिकीकरण गर्न मद्दत गर्छ। थप जानकारी यहाँ छ: ईएमबी सहयोग प्याकेज

तपाईं SET4NPL को स्क्र्यापिङ अनुदानका लागि योग्य हुनुहुन्छ कि छैन, जाँच गर्नुहोस्

यदि तपाईं आफ्नो पुरानो डिजेल गाडीको सट्टा नयाँ विद्युतीय गाडी किन्न चाहनुहुन्छ भने, तपाईं स्क्र्यापिङ अनुदानका लागि योग्य हुन सक्नुहुन्छ। यसका लागि आवश्यक मापदण्डहरू बुझ्नुहोस्।

SET4NPL का साझेदार विक्रेताहरूसँग सम्पर्क गर्नुहोस्

हाम्रा साझेदार विक्रेताहरूसँग सम्पर्क गरेर आफ्नो रोजाइको ईएमबी मोडेल छान्नुहोस्। उहाँहरूले तपाईंलाई खरिद प्रक्रिया र अन्य विवरणहरूमा सहयोग गर्नुहुने छ। हाम्रा साझेदारहरू यहाँ पाउन सक्नुहुन्छ: हाम्रा साझेदारहरू

सवारीसाधनको भुक्तानी कसरी गर्ने, निर्णय गर्नुहोस् (नगद/कर्जा/हायर पर्चेज/रेंटिङ)

तपाईंले आफ्नो आर्थिक अवस्थाअनुसार गाडी नगदमा किन्ने, कर्जा लिने वा हायर-पर्चेजको माध्यमबाट किन्ने निर्णय गर्न सक्नुहुन्छ।

SET4NPL का साझेदार वित्तीय संस्थाहरूसँग सम्पर्क गर्नुहोस्

यदि तपाईंलाई कर्जा वा हायर-पर्चेज आवश्यक छ भने, SET4NPL का साझेदार वित्तीय संस्थाहरूसँग सम्पर्क गर्नुहोस्। उहाँहरूले तपाईंलाई विशेष योजनाहरू उपलब्ध गराउन सक्नुहुन्छ। हाम्रा साझेदार वित्तीय संस्थाहरू यहाँ छन्: हाम्रा साझेदारहरू

सबै आवश्यक कागजातहरू तयार छन्/छैनन्, सुनिश्चित गर्नुहोस्

यसका लागि आवश्यक कागजातहरू: परिचयपत्र, बैंकबाट पुष्टिको पत्र, बिक्री र मर्मतसम्भार सम्झौता, सार्वजनिक यातायात सञ्चालकको दर्ता/इजाजतपत्र प्रमाणपत्र, र स्क्र्यापिङ प्रमाणपत्र (यदि लागू भएमा)।

SET4NPL का साझेदार सवारीसाधन विक्रेताले तपाईंको तर्फबाट अनुदान/प्रोत्साहनका लागि आवेदन दिनेछन् र सोहीअनुसार ईएमबीको भुक्तानी घटाउनेछन्

विक्रेताले अनुदानका लागि सबै आवश्यक प्रक्रिया आफैं गर्नेछन्।

भुक्तानी गर्नुहोस् (पूर्ण भुक्तानी वा डाउन पेमेन्ट)

सबै कुरा निश्चित भएपछि, तपाईंले सवारीसाधनको लागि भुक्तानी गर्नुपर्छ।

१०

सवारीसाधन + सहयोग प्याकेज प्राप्त गर्नुहोस्

भुक्तानीपछि, तपाईंले आफ्नो नयाँ विद्युतीय सवारीसाधन सबै सहयोग प्याकेज सुविधाहरूसहित प्राप्त गर्नुहुनेछ।

११

विद्युतीय यात्रा सुरु गर्नुहोस्!

अब तपाईं आफ्नो नयाँ विद्युतीय सवारीसाधन चलाएर वातावरणमैत्री यातायातमा योगदान गर्न सक्नुहुन्छ।


सार्वजनिक यातायात सञ्चालकहरूले कसलाई सम्पर्क गर्ने?

यदि तपाईंसँग आफ्नो विद्युतीय मिनी तथा माइक्रोबस, वा ई.एम.बी सहयोग प्याकेजका भागहरूसम्बन्धी प्राविधिक प्रश्नहरू छन् भने, कृपया SET4NPL का साझेदार सवारीसाधन विक्रेताहरू मध्ये एक जनासँग सम्पर्क गर्नुहोस्। यदि तपाईंले आफ्नो सवारीसाधन खरिद गर्न प्रयोग गरिरहनुभएको वित्तिय उपकरण सम्बन्धी कुनै प्रश्नहरू छन् भने, कृपया आफ्नो बैंक वा वित्तीय संस्थासँग सम्पर्क गर्नुहोस्।

यदि तपाईंलाई SET4NPL को ढाँचाबारे कुनै सामान्य प्रतिक्रिया वा प्रश्नहरू छन् भने, हामी तपाईंको सल्लाह-सुझाव प्राप्त गर्न खुसी हुनेछौं!

© 2025 SET4NPL. All rights reserved.